पेन्सन बुझ्न भारत पुगेका बैतडीका १ पुरुषको मृत्यु, कोरोना परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: बुधबार बैतडीको झुलाघाट नाका खुलेपछि पेन्सन बुझ्न भारत पुगेका बैतडीका १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–८ त्रिपुराका ८२ बर्षीय धनसिंह रावल रहेका छन्।
पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइनमा बसेकै बेला एक्कासी ढलेका रावलको उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिएका छन्।
उनका अनुसार मृतकको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त रहेका थिए। मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको बुझिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित