पेन्सन बुझ्न भारत पुगेका बैतडीका १ पुरुषको मृत्यु, कोरोना परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: बुधबार बैतडीको झुलाघाट नाका खुलेपछि पेन्सन बुझ्न भारत पुगेका बैतडीका १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–८ त्रिपुराका ८२ बर्षीय धनसिंह रावल रहेका छन्।
पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइनमा बसेकै बेला एक्कासी ढलेका रावलको उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिएका छन्।
उनका अनुसार मृतकको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त रहेका थिए। मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको बुझिएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो