काठमाडौं उपत्यकामा २३ जनासहित थप २५५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं: काठमाडौं उपत्यकामा २३ जनासहित आज थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा बुधबार २५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४सय २३ पुगेको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौंका १६ र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २५३ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ७ हजार ७५२ पुगेको छ।
पछिल्लो समय प्रत्येक दिन काठमाडौं उपत्यकामा संक्रमित थपिने क्रम बढ्दो छ । नेपालमा हालसम्म ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम