भारतमा मास्क नलगाए ५ सय रुपैयाँ जरिवाना
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको उत्तर प्रदेशमा मास्क नलगाएर बाहिर निस्केमा ५ सय रुपैयाँ जरिवाना लिने भएको छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यूपी सरकारले सर्वसाधारणलाई मास्क अनिवार्य गर्न यस्तो निर्णय गरेको बताएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार गरिएको एक कार्यक्रममा सर्वसाधारणले कोरोना संक्रमणको वेवास्ता गर्दै मास्क बिना नै घर बाहिर निस्कन थालेकाले यस्तो जरिवाना तोकिएको बताएका थिए ।
उनले व्यक्ति जतिपटक मास्क नलगाएर घर बाहिर निस्कन्छ त्यति नै पटक ५ सय रुपैयाँ जरिवाना लिइने बताए । शुरुमा जरिवाना १ सय रुपैयाँ राखिएको थियो । त्यसलाई पनि वेवास्ता गरेपछि जरिवाना रकम बढाइएको बताइएको छ ।
नेपालमा पनि सरकारले बाहिर निस्कदा मास्क अनिवार्य गरेकाे छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने