६ बुँदे घोषणापत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन समापन
हेल्थ टिभी अनलाइन \काठमाडौं : ‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरूको सम्बोधन’ भन्ने नाराका साथ शुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मलेन आज ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
हिजोदेखि शुरु भएको सम्मेलन आज समापन भएको हो। कोरोना महामारीका कारण भर्चुअल रुपमा गरिएको सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका स्वदेशी तथा विदेशी वैज्ञानिकहरुले प्रस्तुतिकरण गरेका थिए।
सम्मेलनमा ८६ वटा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न विधाहरु कोभिड १९, मानसिक स्वास्थ्य, बाल तथा किशोरकिशोरी स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य जस्ता विषयहरुमा कार्यपत्र प्रस्तुत भएका थिए ।
जसमध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण भएको थियो भने ५४ वटा पोष्टर प्रस्तुतिकरण भएको थियो। साथै सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतिकरणहरु पनि समावेश गरिएका थिए ।
समापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत समेत गरिएको छ। सम्मेलनमा मौखिक र पोष्टर प्रस्तुतिकरणमध्ये उत्कृष्ट मौखिक अवार्ड प्रतिक खनाललाई र उत्कृष्ट पोस्टर अवार्ड शिक्षा अधिकारीलाई प्रदान गरियो । यसैगरी परिषदको जर्नलमा एक वर्षभरी प्रकाशित आर्टिकल मध्ये उत्कृष्ट आटिर्कल प्रकाशित गर्ने डा गेहनाथ बराललाई दुर्गादेवी ज्ञवाली स्पोन्सर्ड जर्नल अफ हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा वैज्ञानिक अवार्ड (४० वर्ष मूनिका ) डा विशाल ज्ञवालीलाई प्रदान गरियो भने मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता अशोक पाण्डेलाई दिइएको थियो । त्यसैगरी ‘स्वास्थ्य अनुसन्धान लाईफ टाईम एचिभमेन्ट पुरस्कार’ प्राडा जीवन बहादुर शेरचनले पाएका छन् भने मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्ड डा सन्दुक रुइतलाई प्रदान गरिएको थियो ।
परिषदमा वर्षभरि उत्कृष्ट काम गर्ने स्थायी कर्मचारी पुकालाल घिसिङले बेष्ट पर्फमेन्स अवार्ड पाए ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो