नेपालमा थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेकाे छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालका आइसोलेसन सेन्टरमा ८ हजार ६३४ जना संक्रमित उपचाररत छन् । गत २४ घण्टामा ६८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
कुल संक्रमितमध्ये हालसम्म ३५ जनाको मृत्यु भएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित