गर्भवती तथा सुत्केरीको कोरोना परीक्षणलाई प्राथमिकता, स्वाबको भाँडोमा रातो रिबन अनिवार्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गर्भवती तथा सुत्केरी महिला समेत प्रभावित हुन थालेका छन्। सरकारले यही कुरा मध्यनजर गर्दै गर्भवती तथा सुत्केरीको स्वाब संकलन र परीक्षणलाई पहिलो प्राथमिकतामा राख्न अस्पताल र प्रयोगशालालाई परिपत्र गरेको हो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै गर्भवती र सुत्केरीको स्वाबको भाँडोमा रातो रिबन अनिवार्य टाँसेर पठाउन अनुरोध गरेको हो । यसरी रातो रिबनले बाँधेर पठाइएको स्वाबको नमुनालाई इमरजेन्सी ठानी प्रयोगशालालाई तुरुन्त परीक्षण गर्ने र सोको नतिजा सम्बन्धित स्थानमा तुरुन्त पठाउन पनि अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
उपत्यका लगायत देशभरमा गर्भवती तथा सुत्केरी महिलालाई समस्या हुन थालेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । कोरोनाको मारमा पछिल्लो समय गर्भवती र सुत्केरी महिला पर्न थालेको र समयमै रिपोर्ट नआउँदा सहज रुपमा सेवा लिन समेत अप्ठेरो भएको गुनासोहरु धेरै आउन थालेका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल