गंगालाल अस्पतालमा भर्ना भएका ७ जना बिरामीमा कोरोना पुष्टि, अस्पतालको सेवा प्रभावित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका ७ जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालकाे आकस्मिक बाहेकका सबै सेवा प्रभावित भएको छ ।
अस्पतालले मंगलबार सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो ।
अस्पतालले आफूकहाँ भर्ना भएका सात जना बिरामीमा कोरोना संक्रमण देखिएको बताएको छ । सोमबार काठमाडौं उपत्यकामा भेटिएका भनिएका ५४ संक्रमित मध्ये सात जना गंगालाल अस्पतालमा मुटुको उपचार गर्न आएका बिरामी रहेको खुलेको छ ।
अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारीले अस्पतालमा आएका बिरामीमा कोरोना संक्रमण देखिएकाले आकस्मिक सेवा बाहेकको सेवा केही समयका लागि बन्द गर्न परेको बताए । उनीहरुको पीसीआर रिपोर्ट आउन ढिला भएका कारण धेरै स्वास्थ्यकर्मी एक्स्पोज हुन परेको अस्पालले गुनासो गरेको छ । अस्पतालका एक कर्मचारीले भने, ‘पीसीआर रिपोर्ट ढिला आइदिँदा बिरामीबाटै धेरैमा संक्रमण फैलिने भयो ।’ यी सात जनाको पनि स्वाब पठाएको एक सातापछि मात्र रिपोर्ट आएको उनले हेल्थ टिभी अनलाइनलाई बताए ।
अस्पताललका संक्रमित केहीलाई शसस्त्र प्रहरी अस्पतालमा पठाइएको र केही अझै अस्पातलमै रहेको बताइएको छ । काठमाडौं उपत्यमाका अधिकांस अस्पतालमा कोरोना संक्रमित फेला परे पनि सरकारले उनीहरुको उपचार र पीसीआर परीक्षणको अनुमति तोकेका बाहेक अन्य अस्पताललाई नदिंदा स्वास्थ्य उपचार गर्न ढिलाई हुने र बिरामीले दुख पाउने गरेको निजी र अन्य अस्पतालले गुनासो गर्दै आएका छन्।
मुटुको उपचारका लागि देशभरका बिरामी आउने अस्पतालको सेवा प्रभावित हुँदा धेरै मुटुका बिरामी मारमा पर्ने देखिन्छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै