Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाग्लुङका २९ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

बाग्लुङका २९ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बाग्लुङ निसीखोला गाउँपालिका वडा नं ३ निवासी २९ वर्षीय युवकको मृत्यु भएको हो ।

भारतबाट क्षयरोगको उपचार गराई  नेपाल फर्केर ढोरपाटनको क्वारेन्टाइनमा बसेका युवकको असार २१ मा मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार