काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंकै २१ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोराना पुष्टि भएको र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना गरी आज थप ३० जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयले काठमाडौं उपत्यकाका संक्रमितहरु कुन स्थानका हुन भन्ने ठेगाना भने सार्वजनिक गरेको छैन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम