काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंकै २१ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोराना पुष्टि भएको र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जना गरी आज थप ३० जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयले काठमाडौं उपत्यकाका संक्रमितहरु कुन स्थानका हुन भन्ने ठेगाना भने सार्वजनिक गरेको छैन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा