कर्णाली प्रदेशमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १२ सय नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कर्णाली प्रदेशमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १२ सय नाघेको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट २३ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १२ सय एक पुगेको हो ।
शनिबार कर्णाली प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल दैलेख र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय८९ पुगेको छ । कर्णालीमा कोभिड- १९ संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ । हाल सम्म त्यहाँ २८२ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने