Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस, संक्रमण समूदायमा फैलिएको विज्ञको आशंका

काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस, संक्रमण समूदायमा फैलिएको विज्ञको आशंका

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको ढलमा पनि कोरोना (कोभिड १९) भाइरस फेला परेको एक प्रारम्भिक अध्ययनले देखाएको छ ।

उपत्यकाको ४ स्थानको ढलमा गरिएको परीक्षणमा दुई स्थानमा कोरोना भाइरस फेला परेको हो । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको एक प्रारम्भिक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।

उपत्यकाको एक सय घरको शौचालयबाट जाने ढलको अध्ययन गरिएको थियो । १४ दिनसम्म गरिएको जेनेटिक परीक्षणमा दुई स्थानको ढलमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले जानकारी दिएका छन्।

ढलमा कोरोना भाइरस भेटिनु भनेको उपत्यकामा ठुलो संख्यामा मानिसमा कोरोना भाइरसको संक्रमण रहेको हुनसक्ने र सो दिसामार्फत कोरोना फेला परेको हुनसक्ने डा सुन्दरमणी दिक्षितले बताए । उनले यसबारे थप अनुसन्धान भइहरेकाले अन्य डिटेल जानकारी छिटै आउने समेत बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि