काठमाडौंको ढलमा भेटियो कोरोना भाइरस, संक्रमण समूदायमा फैलिएको विज्ञको आशंका
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको ढलमा पनि कोरोना (कोभिड १९) भाइरस फेला परेको एक प्रारम्भिक अध्ययनले देखाएको छ ।
उपत्यकाको ४ स्थानको ढलमा गरिएको परीक्षणमा दुई स्थानमा कोरोना भाइरस फेला परेको हो । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको एक प्रारम्भिक अध्ययनमा यस्तो तथ्य फेला परेको हो।
उपत्यकाको एक सय घरको शौचालयबाट जाने ढलको अध्ययन गरिएको थियो । १४ दिनसम्म गरिएको जेनेटिक परीक्षणमा दुई स्थानको ढलमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले जानकारी दिएका छन्।
ढलमा कोरोना भाइरस भेटिनु भनेको उपत्यकामा ठुलो संख्यामा मानिसमा कोरोना भाइरसको संक्रमण रहेको हुनसक्ने र सो दिसामार्फत कोरोना फेला परेको हुनसक्ने डा सुन्दरमणी दिक्षितले बताए । उनले यसबारे थप अनुसन्धान भइहरेकाले अन्य डिटेल जानकारी छिटै आउने समेत बताए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम