नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३३ पुग्यो
गोरखाका ४४ वर्षीय पुरुषले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गोरखा पालुङटार नगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गोरखा अस्पतालले कोरोना संक्रमण पुष्टि भएका उनको शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको विज्ञप्ति निकाल्दै जानकारी दिएको छ ।
अस्पतालले उनी शुक्रबार राती आइसोलेसनमा भर्ना भएको र शनिबार बिहान ५: ०५ बजे उपचारकै क्रममा मृत्यु भएको जनाएको छ।अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नविन थापाका अनुसार मृत्यु भएका संक्रमित व्यक्ति मधुमेहका दीर्घरोगी समेत रहेका थिए ।
शुक्रबार मात्रै काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित