कोरोना पुष्टि भएपछि बझाङमा एक युवकले गरे आत्महत्या
शेर भण्डारी \डडेल्धुरा : बझाङमा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिक ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टाइनमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन्।
खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन। जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए।
त्यहाँ रहेका २५ जना मध्ये कोरोना परीक्षण गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पीसीआर परीक्षण गर्दा उनको मात्र पोजेटिभ देखिएको थियो।
गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरोना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?