क्यान्सर, मधुमेह र आइसीयूमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले क्यान्सर, मधुमेह तथा आइसीयूमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा क्यान्सर, मधुमेह तथा आइसीयूमा रहेका बिरामीको पनि कोरोना परीक्षण गरिने जानकारी दिए । उनले भने, ‘आजबाट परीक्षणको दायरा फराकिलो बनाउँदै क्यान्सर, मधुमेह भएका बिरामीको पनि कोरोना परीक्षण गरिनेछ ।’ यसैगरी इमरजेन्सीमा आउने बिरामी र आइसीयूमा भर्ना भएका बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिने उनले जानकारी दिए ।
यसका साथै कोरोना प्रभावित पकेट एरियाबाट आउने व्यक्तिहरुको पनि कोरोना परीक्षण गरिने मन्त्रालयले जनाएको छ । यसअघि सरकारले सिमित व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्दै आएको थियो । उता क्लिनिकल समन्वय समितिको छलफलले सरकारी सामूदायिक तथा निजी अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स