काठमाडौं नयाँ बानेश्वरका एक पुरुषको कोरोनाबाट मृत्यु
आज एकैदिन थपिए ७४० संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप एकजनाको कोरोनाबाट मृत्यु भएको जनाएका हुन्। डा गौतमका अनुसार काठमाडौंको बानेश्वर निवासी ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
उनी उच्च रक्तचाप र पार्किन्सन्सका बिरामी रहेको र छाती दुखेपछि राजधानीकै एक निजी अस्पताल भर्ना भएको बताइएकाे छ । उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको थियो ।
मृत्यु पश्चात उनमा आज कोरोना पुष्टि भएको डा गाैतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । शुक्रबार मात्रै नेपालमा ७४० जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने