काठमाडौं नयाँ बानेश्वरका एक पुरुषको कोरोनाबाट मृत्यु
आज एकैदिन थपिए ७४० संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप एकजनाको कोरोनाबाट मृत्यु भएको जनाएका हुन्। डा गौतमका अनुसार काठमाडौंको बानेश्वर निवासी ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
उनी उच्च रक्तचाप र पार्किन्सन्सका बिरामी रहेको र छाती दुखेपछि राजधानीकै एक निजी अस्पताल भर्ना भएको बताइएकाे छ । उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको थियो ।
मृत्यु पश्चात उनमा आज कोरोना पुष्टि भएको डा गाैतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । शुक्रबार मात्रै नेपालमा ७४० जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित