सुदूरपश्चिममा आज थप ३ सय ४६ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ३ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा र धनगढी प्रयोगशालामा भएको परीक्षणमा बिहीबार एकैपटक ३ सय ४६ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र १ सय २५ पुरुष गरी १ सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका २ जना र भजनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कञ्चनपुरको लालझाडी गाउँपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए।
धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९ जनाको कोरोना परीक्षण भएको थियो। सुदूरपश्चिममा अलिहेसम्म ३ हजार बढीमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका ७ जनाको मृत्यु भएको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा