त्रिवि शिक्षण अस्पतालमा उपचाररत डेढ महिने शिशुको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डेढ महिनाका शिशुको कोरोनाबाट मृत्यु भएको छ ।
घाँटीको शल्यक्रिया गरेका शिशुको बुधबार राती मृत्यु भएको अस्पतालले जनाएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएकोमा मंगलबार उनमा कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएका शिशुको उपचारकै क्रममा हिजो बुधबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा