गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा बिहिबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज ४ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ । निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङका १ जना, तनहुँ रिसिङका ३ जना, स्याङ्जाका २ जना, पर्वतका २ जना गरी ८ जना रहेका छन्। संक्रमितहरु सबै पुरुष रहेका छन्।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम