भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: चितवनको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले मंगलबार १०१ वटा स्वाबको नमुना परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा भरतपुर अस्पतालमा रहेका, माडीका २५ र ७३ वर्षका २ पुरुष, भरतपुर महानगरपालिका वर्ष २६ र ५० का पुरुष २ जना ,भमनपा ११ वस्ने वर्ष ४५ की महिला १ जना, र दमक ३ वस्ने वर्ष ३५ को महिला १ गरी जम्मा ६ जना रहेका छन्।
यसैगरी गैडाकोट नगरपालिका वस्ने विभिन्न उमेर समुहका २ महिला सहित ८ पुरुष गरी १० जना, सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना वस्ने ३० वर्षकी महिला १ जना, नारायणी सामुदायिक अस्पतालमा उपचारमा रहेका भमनपा- ७ का ६१ वर्षका पुरुष १ र राप्ती नगरपालिका १ वस्ने १२ वर्षकीबालिका १ गरी जम्मा २ जना, भमनपा ९,४,२२,२५ र २६ वस्ने वर्ष ४८,४०,२१,२५,२६ ,र २२ का पुरुष ६ जना गरी जम्मा २५ जनामा कोभिड–१९ पुष्टी भएको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित