कोरोनाबाट थप एक जनाको मृत्यु, अछामको अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि
शेर भण्डारी\ डडेल्धुरा: नेपालमा थप १ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा अछामको रामारोशन गाउँपालिका- ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो।
उनकाे असार १४ गते आइतबार उपचारकै क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको थियो। उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसेकाे जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए।
उनलाई असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो। मृतकको आइतबार नै दाहसंस्कार गरेकाे बताइएकाे छ ।
योसँगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या ७ पुगेको छ भने नेपालमा ३० पुगेकाे छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम