कोरोनाबाट थप एक जनाको मृत्यु, अछामको अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि
शेर भण्डारी\ डडेल्धुरा: नेपालमा थप १ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा अछामको रामारोशन गाउँपालिका- ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो।
उनकाे असार १४ गते आइतबार उपचारकै क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको थियो। उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसेकाे जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिए।
उनलाई असार १३ गते एक्कासी श्वासप्रश्वसमा समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो। मृतकको आइतबार नै दाहसंस्कार गरेकाे बताइएकाे छ ।
योसँगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या ७ पुगेको छ भने नेपालमा ३० पुगेकाे छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा