अछाममा क्वारेन्टाइनमा बसेका १ पुरुषको मुत्यु, कोरोना परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : अछाममा क्वारेन्टाइनमा बसिरहेका १ पुरुषको मुत्युु भएको छ। रामारोशन गाउपालिका–५को कैलाशेश्वर घट्टेखेती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मुत्युु भएको हो।
उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए। असार ९ गते उनको आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। असार १३ गते एक्कासी स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याइएकोमा आइतबार दिउँसो उनको मृत्यु भएको हो ।
मृत्यु पश्चात उनी लगायत उनको सम्पर्कमा रहेका सबैको स्वाव संकलन गरी धनगढी पठाइएको बयालपाटा अस्पतालका डा विकास गौचनले जानकारी दिएका छन्। उनी मधुमेहका बिरामी रहेको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम