भारतमा एकैदिन झण्डै २० हजारमा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन : भारतमा पहिलोपटक एकैदिन झण्डै २० हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा त्यहाँ १९ हजार ९०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म भारतमा ५ लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन्।
जबकी आइतबार बिहानसम्म भारतमा १६ हजार ९५ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितमध्ये तीन लाख बढीले कोरोना जितेका छन्। गत २४ घण्टामा ४१० जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम