भारतमा एकैदिन झण्डै २० हजारमा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन : भारतमा पहिलोपटक एकैदिन झण्डै २० हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा त्यहाँ १९ हजार ९०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म भारतमा ५ लाख २८ हजार भन्दा बढी संक्रमित भएका छन्।
जबकी आइतबार बिहानसम्म भारतमा १६ हजार ९५ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितमध्ये तीन लाख बढीले कोरोना जितेका छन्। गत २४ घण्टामा ४१० जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने