‘भाइरस रिमुभिङ कार्ड’ ले कोरोना भगाउँदैन: स्वास्थ्य मन्त्रालय
कार्डमा प्रयोग गरिएको रसायनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना भगाउने कुनै किसिमको कोरोना सम्बन्धी बुटी पत्ता नलागेको भन्दै यसको पछि नलाग्न आग्रह गरेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही उच्च पदस्थ व्यक्तिहरुले नै कोरोना रिमुभिङ कार्ड भन्दै घाँटीमा लगाएर हिंडेको भन्दै यस्तो बुटी पत्ता नलागेको स्पष्ट पारे ।
गौतमले यस्तो कोरोना रिमुभिङ कार्डलाई सरकारले स्विकृति समेत नदिएकाले यो व्यापारीले मौका छोपेर व्यापार मात्र गर्न खोजेको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइने समेत जानकारी गराए । उनले भने, ‘अहिलेसम्म यस किसिमका कुनै कार्डलाई सरकारले स्विकृति दिएको छैन्। कार्डका नाममा यस्तो प्रचारवाजी गर्नेलाई कारवाही हुनेछ ।’
यसैगरी मन्त्रालयका प्रवक्ता गौतमले यस्तो कार्ड कोरोना भागाउने भन्दा पनि उल्टै स्वास्थ्यका लागि हानिकारक रहेको समेत जिकीर गरे । उनले भने, ‘कार्डमा प्रयोग हुने रसायनहरुले मुटु, मिर्गौला , फोक्सो र कलेजोजस्ता अंगहरुमा गम्भीर असर गर्न सक्छ ।’
बुधबार नेकपाको स्थायी कमिटीको बैठकमा कोरोनाबाट बच्न भन्दै नेताहरुले भाइरस रिमुभिङ कार्ड लेखिएको उक्त कार्ड भिरेका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित