नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु
मृतक क्यान्सरका बिरामी
हेल्थ टिभी अनलाइन\काठमाडौं: कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिका -७ का ५० बर्षिय पुरुषको शनिबार विहान चितवनको भरतपुर अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी क्यान्सरका बिरामी थिए। चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो।
शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।
योसँगै सुदूरपश्चिममा मृतकको सङख्या ६ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित