गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश निर्देशनालयले विज्ञप्ति जारी गर्दै ४ जिल्लामा थप २५ जनमा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँ व्यास नगरपालिकाका २ जना,स्याङ्जा कालिगण्डकी गाउँपालिकाका १ जना,बाग्लुङ बरेङका १ जना रहेका छन्। यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी बर्दघाट सुस्ता पूर्वका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजान काम भइरहेको निर्देशनालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित