कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न खोज्दा पोखरामा झडप
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्न खोज्दा पोखरामा स्थानीय र प्रहरीविच झडप भएकाे छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा उपचारका क्रममा ती संक्रमित व्यक्तिको बुधबार राती मृत्यु भएको थियो । उनको शवलाई पोखरा महानगरपालिका–३१ मजुवामा रहेको सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रर्दशन गरेका छन् । झडपकाविच पनि नेपाली सेनाले उनको शव भने व्यवस्थापन गरेको छ।
शव गाड्नका खाल्डो बनाउँदै गर्दा स्थानीयले घाटतर्फ जाने बाटो केही समय अवरोध समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षप गर्दा सामान्य झडप समेत भएको थियो । झडपमा केही स्थानीय घाइते भएको प्रहरीले जानकारी दिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित