स्याङ्जाका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको प्रतिष्ठानकाका सहप्रध्यापक डाअर्जुन आचार्यले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।
असार ८ गते अस्पताल भर्ना भएका उनमा गम्भीर निमोनिया र मधुमेहको समस्या देखिएको थियो । उनलाई अस्पतालले आइसीयूमा राखेर उपचार शुरु गरेको भए पनि हिजो राति निधन भएको हो । यसभन्दा अघि पनि एक जना संक्रमितको उपचारकै क्रममा सो अस्पतालमा मृत्यु भएको थियो । बिहिबार बिहान गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम