Health TV Online
Health TV Online
Health TV Online

बाँकेको वैजनाथ र कोहलपुरमा थपिए ११ जना संक्रमित

बाँकेको वैजनाथ र कोहलपुरमा थपिए ११ जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको  परीक्षणमा बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले  विज्ञप्ति जारी गदै बाँके र बर्दिया गरी थप  १२ जनामा कोरोना पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँके बैजनाथका ९ जना, कोहलपुर-२ का २ जना रहेका छन्। यसैगरी ठाकुरबाबा -२ बर्दियाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत ४ दिनमा गरिएको कुन परीक्षण ९५२ मध्ये १२ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा असार ६ देखि तीनदिनसम्म गरिएका कुनै पनि परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थिएन ।

आज संक्रमित हुनेहरु ३ वर्षका बालकदेखि ४३ वर्षसम्मका  पुरुष रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार