नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु
हेल्थ टिभी अनाइन\काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय युवकको हिजो राती मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रादेशिक अस्पताल सुर्खेतको आइसोलेसनमा उपचार गराइरहेका उनी क्षयरोग र दमको समेत बिरामी रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
गत असार ३ गते उनलाई दैलेखको दुल्लु अस्पतालबाट रिफर गरी थप उपचारका लागि सुर्खेत पठाइएको थियो । सुर्खेतमा उनको कोरोना परीक्षण गर्दा असार ४ गते कोरोना पाजेटिभ पाइएपछि उनको सोही अस्पतालको आइसोलेसनमा उपचार हुँदै गर्दा सोमबार राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या २४ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम