अमेरिकामा कोरोना कहर: झण्डै सवा लाख मानिसको मृत्यु
हेल्थ टिभी अनलाइन: कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा भण्डै सवा लाख मानिसको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकामा हालसम्म १ लाख २२ हजार ६१० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यसैगरी अमेरिकामा २३ लाख ८८ हजार १५३ जनामा कोराना संक्रमण पुष्टि भएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी क्षति अमेरिकामा भएको छ । त्यहाँ संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । गत २४ घण्टामा मात्रै अमेरिकामा ३१ हजार ४९६ नयाँ संक्रमित थपिएका छन्। जबकी ३६३ जनाको मृत्यु भएको बताइएको छ ।
पछिल्लो समय भने कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिका भन्दा ब्राजिलमा धेरै देखिएको छ । यद्यपी संक्रमितको संख्या भने अमेरिकामा नै धेरै छ । वर्ल्डोमिटरका अनुसार त्यहाँ संक्रमित मध्ये १० लखा बढी संक्रमित उपचारपछि निको भएका छन्। १२ लाख बढी संक्रमितको अहिले पनि विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । अमेरिकाको न्यूयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । न्यूयोर्कमा मात्रै ४ लाख ११ हजार ९सय ७२ जनामा कोराना पुष्टि भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम