गण्डकी प्रदेशमा थपिए १६ जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा आइतबार बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप १६ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा बाग्लुङका ९ जना, म्याग्दीका ४ जना, पर्वतका २ जना र तनहुँका १ जना रहेका छन्। उनीहरु अहिले सबै जना क्वारेन्टाइनमा रहेको र संक्रमण पुष्टि भएपछि सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित