Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा शनिबार साँझ थपिए ५० जना संक्रमित

गण्डकी प्रदेशमा शनिबार साँझ थपिए ५० जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा आज साँझ थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज साँझ ७:४५ बजे विज्ञप्ति जारी गर्दै ४ जिल्लामा ५० जना संक्रमित थपिएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका २ जना, बाग्लुङका २९ जना, नवलपरासीका १८ र मुस्ताङका १ जना गरी ५० जनामा कोरोना देखिएको हो । निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार संक्रमित सबैजना अहिलेसम्म क्वारेन्टाइनमा रहेको र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार