गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै दुई जिल्ला गरी २१ जना संक्रमित थपिएको जनाएको छ ।
निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा नवलपरासी बर्दघाट हुप्सेकोटका १४ जना पुरुषहरु यसैगरी मध्यविन्दु नगरपालिकाका २ जना। एक जना पालिका नखुलेका व्यक्ति कावासोती नगरपालिका १ जना गरी १८ जना रहेका छन्। यसैगरी पर्वत जिल्ला फलेवास नगरपालिकाका २ जना पुरुष र १ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ । निर्देशनलयका अनुसार संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित