Health TV Online
Health TV Online
Health TV Online

अर्को अस्पतालमा व्यवस्था नभएसम्म बिरामी रिफर गर्न नपाईने

अर्को अस्पतालमा व्यवस्था नभएसम्म बिरामी रिफर गर्न नपाईने

हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अस्पतालबाट अर्को अस्पतालमा बिरामी रिफर गर्दा बिरामीकोबारेमा सम्बन्धित डाक्टर तथा अस्पतालका प्रतिनिधिसँग कुरा गरेर मात्र पठाउन आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै एक अस्पतालबाट अर्को अस्पतालमा बिरामी रिफर गर्दा समन्वय नभएकाले बिरामीले सास्ती भोग्नुपरेको भन्दै यस्तो नगर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,’बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दा अस्पतालहरुविच समन्वय नहुँदा बिरामी प्रत्यक्ष मर्कामा परेको साथै उपचार पाउन २\४ वटा अस्पतालमा जानुपर्ने बाध्यता भएकोे र सो क्रममा आवश्यक उपचार नपाई मृत्यु समेत भएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कुनै पनि एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्नुपर्दा रिफर भई जाने अस्पतालसँग समन्वय गरेर मात्र पठाउन भनिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार