Health TV Online
Health TV Online
Health TV Online

बाँके बर्दिया र प्युठानमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

बाँके बर्दिया र प्युठानमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै आज गरिएको परीक्षणमा बाँके, बर्दिया र प्युठानका गरी थप २४ जनामा कोरोना पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार बाँकेका ५ जना बर्दियाका १६ जना र प्युठानका ३ जना गरी २४ जनामा कोरोना पुष्टि भएको हो ।

यसरी आज कोरोना पुष्टि हुनेहरुमा बाँके खजुराका ४ जना, नेपालगंज उपमहानगरपालिकाका १ जना, बर्दिया मधुवनका १३ जना, यसैगरी बासगढीका १ जना साथै राजापुरका २ जना रहेका छन्। यसका साथै प्युठान सरुमारानीका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार