क्वारेन्टाइनमा यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कैलालीको लम्कीचुहा नगरपालिका १ को पूर्वी लम्कीमा रहेको एक क्वारेन्टाइनमा रहेकी महिलाको बलात्कार गरेको आरोपमा स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ परेका छन्।
लम्कीको सहिद स्मृती माविको क्वारेन्टाइनमा बस्दै आएकी ३१ वर्षीय महिलामाथि बलात्कार गरेको आरोपमा आज तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जेठ २० गते गौरीफण्टा नाका हुँदै भारतबाट आएर उक्त क्वारेन्टाइनमा बस्दै आएकी महिलामाथि शनिबार राति स्वास्थ्यकर्मीसहित तीन जनाले सामूहिक बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीसहित स्वंयमसेवकको रुपमा राखिएका दुई जनाले आफुमाथि बलात्कार गरेको बताएकी छिन्।
ईलाका प्रहरी कार्यालय लम्कीले आरोप लागेका व्यक्तिलाई पक्राउ गरेको छ । क्वारेन्टाइनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम