Health TV Online
Health TV Online
Health TV Online

बाजुरामा क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

बाजुरामा  क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

शेर भण्डारी\ डडेल्धुरा: बाजुरामा १ व्यक्तिले क्वारेन्टाइनमै आत्महत्या गरेका छन्।
जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यबादी माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा १ व्यक्तिले आत्महत्या गरेका हुन्।

यसरी आत्महत्या गर्नेमा बडिमालिका नगरपालिका माझिगाउँका ४५ वर्षीय भुपेन्द्र दमाई रहेका छन् । उनी २ दिन अगाडी मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

साँझ ८ः३० बजेतिर डोरीको पासो लगाएर झुन्डीएको अबस्थामा उनी फेला परेका थिए। दमाई जेठ २७ गते गौरीफन्टा नाका भएर २८ गते बाजुरा पुगेका थिए। ४ बर्ष भारतमा बसेर २ दिन अघि मात्रै उनी नेपाल आएको बताइएको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार