Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: गण्डकी प्रदेशमा आज थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै पर्वत, स्याङ्जा, तनहुँ र पूर्वी नवलपरासीमा गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार पर्वतमा १३, स्याङ्जामा २२ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक\एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

आज पुष्टि भएका संक्रमितहरु सबै पुरुष भएको पनि उनले जनाएका छन्। उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार