भेरी अस्पतालमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज थप २७ जनामा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बाँके र रोल्पा जिल्ला गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा रोल्पा सुनिल स्मृतिका १४ जना, बाँके कोहलपुरका १ जना, बाँके राप्तीसोनारीका ६ जना, यसैगरी बाँकेकै खजुरा २ र ७ का १\१ जनामा कोरोना देखिएको हो । आज संक्रमण पुष्टि हुनेमा बाँके वैजनाथ गाउँपालिकाका पनि ४ जना रहेका छन्।
उनीहरु सबै सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम