बाँकेमा कोरोना जितेर २० जना घर फर्किदैं
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेमा थप २० जना कोरोना संक्रमित आज निको भएर घर जाने भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेकाहरु घर जान लागेका हुन्। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेन्द्र श्रेष्ठका अनुसार नरैनापुरका १९ जना र नेपालगञ्जका १ जना गरी २० जना संक्रमित उपचारपछि कोरोना जितेर डिस्चार्ज हुन लागेका हुन्।
नरैनापुरका १९ जना कोहलपुरको आइसोलेसनमा र नेपालगञ्जका १ जना खजुरास्थित आइसोलेसन सेन्टरमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिन आइसोलेसन बसाइपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जानकारी दिए । यसभन्दा अघि दुईपटकसम्म परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउने गरिएको थियो ।
तर नयाँ निर्देशिका आएपछि सबै संक्रमितलाई परीक्षण नै नगरी १४ दिनपछि पठाउन मन्त्रालयले सबै आइसोलेसन सेन्टरलाई परिपत्र गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित