कोरोना संक्रमण कम देखिएका स्थानमा लकडाउन खुकुलो बनाउँदै सरकार
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले झण्डै साढे दुई महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जारी रहेको लकडाउनको मोडालिटी परिवर्तन गरेर खुकुलो पार्ने निर्णय गरेको हो ।
बैठकले कोरोना संक्रमण कम देखिएका स्थानहरुमा पसलहरु सञ्चालन गर्न दिने, निजी सवारी साधन पनि जोर बिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । तर कुन स्थान र कसरी सञ्चालन गर्ने भन्नेमा बिहिबार सरकारका प्रवक्ताले जानकारी दिने जनाइएको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ देखि देशभर लकडाउन जारी गरेको थियो । समय थप्दै लकडाउन पछिल्लो थप समय अनुसार जेठ ३२ सम्म जारी छ । तर लामो समयदेखिको लकडाउनले व्यापार व्यवसाय चल्न नपाउँदा परिवार पाल्नै मुश्किल भएको भन्दै काठमाडौंको न्यूरोड, असन लगायतका केही स्थानमा पसलहरु आफूखुशी खुल्न थालेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित