सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको हो।
कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम