यात्रुलाई क्वारेन्टाइन लैजाँदै गर्दा टिपर कर्णालीमा खस्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कालिकोटमा भारतबाट आएकाहरुलाई क्वारेन्टाइन तर्फ लैजाँदै गर्दा टिपर कर्णाली नदीमा खसेको छ ।
झण्डै ५० जना यात्रु बोकेको टिपर बुधवार बिहान कर्णालीमा खसेको हो । घटनाको पूर्ण विवरण आउन बाँकी भए पनि दुर्घटनामा करिब ३० जना भन्दा बढी यात्रु वेपत्ता भएको प्रहरीले जनाएको छ ।
कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको हो । जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो ।
दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम