चितवनमा थप ४ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : चितवनमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुुसार यसरी संक्रमण हुनेहरुमा गैंडाकोट नगरपालिका १३ र १४ का २३ र २६ वर्षका पुरुष, कालिका वडा नं ६ जुटपानीका २० वर्षका पुरुष एवं भरतपुर ५ का २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालामा जेठ २५ र २६ गते संकलन भएका मध्ये १३७ वटा नमुना परीक्षण गरिएकोमा १३३ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम