दार्चुलाका पहिलो संक्रमित कोरोना जितेर घर फर्किए
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: दार्चुलाका पहिलो कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन्।
दार्चुला जिल्लाको महाकाली नगरपालिका-६ का २१ वर्षीय युवकलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो। भारतबाट आएका ती युवकलाई महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा रहेका बेला परीक्षण गर्दा कोरोना देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दार्चुला जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
दुईपटकसम्म गरिएको परीक्षणमा लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाइ मंगलबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम