Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ।

कोरोना संक्रमितमध्ये डडेल्धुराका ७, कञ्चनपुरका १९, दार्चुलामा १० र कैलालीका १ जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

कोरोना संक्रमित देखिनेमा कञ्चनपुरको पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका ४३ र ३२ वर्षका २ महिला २३, २५ र ३२ वर्षका ३ पुरुष र शुक्लाफाँटा नगरपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

सैगरी दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिकाका ४२ वर्षीय पुरुष र महाकाली नगरपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। डडेल्धुराको परशुराम नगरपालिकाका ३ जना पुरुष, नवदुर्गा गाउँपालिकाका २० र २१ वर्षीय पुरुष र अमरगढी नगरपालिकाका १८ वर्षीय महिला र ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

कैलालीको जानकी गाउँपालिकाका ४२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार