Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु, स्वाब संकलन हुँदै

डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु, स्वाब संकलन हुँदै

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । डोटी केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा १९ वर्षीय युवकको आज बिहान मुत्यु भएको हो ।

भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि उक्त क्वारेन्टाइनमा बस्दै आएका थिए। आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी पहिलेदेखि नै मुटुको रोगी भएको बुझिएको छ ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनका लागि टोली क्वारेन्टाइनतर्फ गएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार