गण्डकी प्रदेशमा फेरी थपिए ३८ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४ जना, बाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी कुल ३८ जनामा कोरोना संक्रमण भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या ११३ पुगेको छ ।
निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा स्याङ्जाको वालिङ नगरपालिकामा १३ जनामा र र भिरकोट नगरपालिकामा १ गरी १४ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी बाग्लुङको बडिगाड गाँउपालिकामा ९ र ढोरपाटन नगरपालिकामा १ गरी १० जना पुरुषमा संक्रमण देखिएको छ । गोरखामा पालुङटार नगरपालिकाका १ जना, गण्डकी नगरपालिकामा ९ गरी १० र नवलपसारी बर्दघाट हुप्सेकोट गाउापालिकाका ४ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु सबैलाई सम्बिन्धत अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको बताइएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम