नेपालगञ्जका नर्स-पत्रकार जोडी कोरोना जितेर घर फर्किए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालगञ्ज खजुराकी नर्स र उनका श्रीमान आज कोरोना जितेर अस्पतालबाट घर फर्केका छन्। कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएकी नर्समा जेठ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई त्यस लगत्तै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर परिवारका सदस्यको परीक्षण गर्दा उनका पत्रकार श्रीमानमा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि श्रीमान श्रीमती दुबै जना एउटै आइसोलेसनमा थिए । उनका छोराछोरी लगायतका अन्य सदस्यमा भने कोरोना संक्रमण देखिएन्।
दुबै जनाको दुईपटक सम्म गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि अस्पतालले आज उनीहरुलाई डिस्चार्ज गरेको हो । उनीहरुसँगै सोही आइसोलेसनबाट अन्य दुई जना पनि डिस्चार्ज भएका छन्।
दुबै जनाले उच्च मनोबल र सकारात्मक सोचाइले सजिलै कोरोना जितेको प्रतिक्रिया दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम