Health TV Online
Health TV Online
Health TV Online

कोरोनाका कारण महिलाको मृत्युपछि सेती अस्पतालको डायलाइसिस विभाग सिल

कोरोनाका कारण महिलाको मृत्युपछि सेती अस्पतालको डायलाइसिस  विभाग सिल

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न आएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएपछि अस्पतालको डायलाइसिस विभाग सिल गरिएको छ । शुक्रबार अस्पतालमा डायलाइसिस गर्ने क्रममै धनगढी वडा नं ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो। मृत्युपछि आज कोरोना पुष्टि  भएको वारेमा शनिवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।

लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी डायलाइसिस गराउनका लागि शुक्रबार सेती अस्पताल पुगेकी थिइन्। डायलाइसिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा आज कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट बाजुराकी दुई बर्षीय बालिकाको मृत्यु भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार